मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

खाँदबारी –१
हिमालय माविले ७५ औ बार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने अन्तिम तयारी

Sankhuwasabhapress 612+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको हिमालय माध्यमिक विद्यालयले ७५ बर्ष पुगेको अवसरमा बार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारीमा जुटेको छ ।

जिल्लाको नै मुटुमा रहेको हिमालय माध्यमिक विद्यालयले भब्य रुपमा बार्षिकोत्सव तथा हीरक महोत्सव मनाउन अन्तिम तयारीमा पुगेको विद्यालयका प्रअ बीरबहादुर राईले जानकारी दिए । उनको अनुसार, यो बार्षिकोत्सवलाई विशेष रुपमा मनाउने अभियान नै बोकेर विद्यालयका एक टोली काठमाडौसम्म पुगेर विभिन्न ब्यक्तित्व र राष्टपति रामचन्द्र पौडेललाई प्रमुख अतिथी बनाउन निमन्त्रणा बोकेर पुगेका थिए । तर, राष्ट्रपति आउने कार्यक्रम भने स्वास्थ्यका कारण तय नभएको जनाएको छ ।

विद्यालयका पूर्वविद्यार्थीहरु अख्तियार दुरुपयोप अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलिया र विभिन्न मन्त्रालयका सचिव लगायत उच्च ओहोदा ब्यक्तिब्यक्तित्वहरुलाई कार्यक्रममा निमन्त्रणा गरिनुका साथै विद्यालयले विशेष सम्मान समेत गर्न लागेको प्रअ राईले जानकारी दिए ।

विद्यालयको भौतिक सुधार र गौरवपूर्ण ७५ बर्षको हीरक महोत्सव भब्य रुपमा मनाउन र सहयोग गर्न सबैमा अपिल गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेरबहादुर पराजुलीले बताए । उनले विद्यालयको विकासका लागि नै यो भब्य आयोजना गरिएको बताए ।

वि.सं. २००६ सालमा स्थापना भएको यो विद्यालयले गौरवपूर्ण ७५ बर्ष पूरा गरेको छ । ७५ औं बार्षिकोत्सव तथा हीरक महोत्सव पूरा गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । माघ ५ देखि ११ गतेसम्म हीरक महोत्सव संचालन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार