मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

खाँदबारी नगरपालिकाको सहयोगमा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानद्धारा ३ महिने कम्प्युटर तालिम सुरु

Sankhuwasabhapress 612+ समाचार ( )
६ अशोज २०८०, शनिबार

संखुवासभा  । खाँदबारी नगरपालिकाको सहयोगमा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान संखुवासभाद्धारा ३ महिने कम्प्युटर तालिम सुरु भएको छ ।  

शुक्रबार तीन महिने तालिमको खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलिया र उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरे । 

उक्त प्रतिष्ठानले नगर क्षेत्रका विपन्न,दलित र जनजातिलाई  खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा तीन महिने कम्प्युटर तालिम सुरु भएको हो। 

कम्प्युटर तालिममा नगर क्षेत्र भित्रका २४ जना विपन्न,दलित र जनजातिको सहभागिता रहेको नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान संखुवासभा शाखाका अध्यक्ष भविन्द्र अधिकारीले जानकारी दिए । नगर क्षेत्रका विद्यालयबाट छनौट भएर आएका विपन्न,दलित र जनजातिलाई निशुल्क तीन महिने तालिम दिइएको अध्यक्ष अधिकारी बताए । 

 कम्प्युटर तालिम उद्घाटन कार्यक्रमा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्की, प्रशासकीय अधिकृत दिनेश कट्टेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान संखुवासभा शाखाको सचिव दिब्यराज बरालले गरेको थिए । तालिमको नियमित अनुगमन नगरपालिका गर्न बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार