मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

मेयर थपलियाको सक्रियता :
खाँदबारी र तुम्लिङटारको साप्ताहिक हाट बजार ब्यबस्थित बन्दै

Sankhuwasabhapress 613+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारमा लाग्र्दै आएको साप्ताहिक हाटबजार खाँदबारी नगरपालिकाको सक्रियतामा ब्यबस्थित गरिएको छ । 

सदरमुकाम स्थित खाँदबारीको टुडीखेलमा साप्ताहिक रुपमा शनिबार र बुधबार लाग्र्दै आएको हाज बजार अब्यबस्थित भएको भन्र्दै जनगुनासो ब्यापक भएको थियो । अव्यवस्थित तरिकाले खाँदबारीमा लाग्ने शनिबारे र बुधबारे हाटबजारलाई ब्यवस्थित गर्न पटक–पटक खाँदबारी नगरपालिकाको कार्यालयले अनुरोध गर्दा समेत बिचौलिया ब्यवसायीहरुले अटेरीपनले गर्दा र नटेर्दा अर्गानिक र साना–साना कृषि उत्पादन बिक्रिवितरण गर्न ल्याउने कृषकहरुले ठाउँ नपाउदा समस्या भएको भन्र्दै आलोचना हुने गरेका थिए । बजारका केही बिचौलियाहरुले साताभरि नै खुल्ला टुडीखेलमा दोकानको त्रिपाल नहटाउने, सार्वजनिक गाडीहरु समेत त्यही पार्किङ्ग गर्ने र फोहोर त्यही फ्याक्ने गरिएकाले विरुप बन्र्दै गएको थियो । 

यसअगाडी पनि खाँदबारी नगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि अटेरी गरेपछि मंगलबार समस्यालाई समाधान गर्न फिल्डमा नै पुगेर खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया र उपमेयर महेश्वरा बज्राचार्य श्रेष्ठले अनुगमन गर्दै बजार ब्यबस्थित गरेका छन् । 

बजारलाई तीन भागमा वर्गीकरणले ब्याबसायीहरुलाई सजिलो बनाइएको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए । उनले ठूला र साना ब्याबसायीहरुको वर्गीकरण गरिएको, ठूला ब्याबसायी बढि राजश्व र साना ब्याबसायीलाई कम कर लगाइने समेत बताए । ‘बजारमा ठूलो त्रिपाल हालेर एकै जनाले ५/६ मिटर ओगटेर बस्ने गरेको पाइयो, अब २,३,४ र ५ मिटर गरि वर्गीकरण गरेर छुटाइएको छ, ब्याबसायीहरु बस्न पाउनुहुन्छ तर त्यो अनुसार कर तिर्नुपर्छ । कृषिजन्य उपज तरकारीको कर संकलन गर्दैनौं ।’-मेयर थपलियाले भने ।

बजारलाई ब्यबस्थित गर्दा बुधबार लागेको हाटबजार निकै ब्यबस्थित देखिएको थियो । बजारमा आउने अधिकाँसले खाँदबारी नगरपालिकाको प्रसंसा समेत गरेका थिए । 

खाँदबारी नगरपालिकाका मेयर थपलियाले निर्वाचीत भएर आउने बित्तिकै कृषिजन्य बस्तुमा कर नलगाउने घोषणा गरी कार्यन्वयन समेत गरेका थिए । बीचमा कार्यन्वयनका चरणमा केही ब्यबसायीहरुको अटेरीपनले बाधा भएको थियो । पुनः सोही कार्यलाई निरन्तरता दिएको मेयर थपलियाको भनाइ छ ।

कृषिजन्य उत्पादनलाई कर नलिने, अन्य ब्यापारीहरु सबैलाई ब्यबस्थित ढंगले बस्ने वातावरण मिलाई कर संकलन गर्ने काम भएको भन्र्दै ब्याबसायीहरु समेत खुशी देखिन्थे । 

बजार ब्यबस्थित गर्न सबैको दायित्व हो । अब यसले निरन्तरता पाउनुपर्छ, यसमा स्थानीय सरकारको मात्रै मुख ताक्ने होइन, नागरिकहरुले समेत आफनो ठाउँमा समृद्ध नगर बनाउन पहल र योगदान गर्नुपर्छ भनेर सबै नागरिकहरुलाई बुझाउन र उनीहरुले समेत अनुभूत गर्न आवश्यक छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार