मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

#डिजिटल स्पीच
डिजिटल स्पीच नेपाल सिजन–२ को उपाधि संखुवासभाका सौजन कट्टेललाई

Sankhuwasabhapress 612+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

संखुवासभा । राष्ट्रिय बाल दिवस २०८१ को आयोजनामा भएको डिजिटल स्पीच नेपाल सिजन–२ को उपाधि संखुवासभाका सौजन कट्टेलले जितेका छन् ।

नागरिक चासो मल्टिमिडियाले आयोजना गरेको अनलाइन वक्तृत्वकलामा कट्टेल प्रथम भएका हुन् । त्यस्तै कपिलबस्तुकी एञ्जल बेलबासे दोस्रो, गुल्मीकी कृतिका जिसी तेस्रो र मोरङकी सञ्जु लिम्बू सान्त्वना भईन् । माध्यमिक तहसम्मका विद्यार्थीहरु सहभागी भएको सो प्रतियोगितामा देशभरका विभिन्न जिल्लाका ४९ जनाले सहभागिता जनाएका थिए । 

पब्लिक पोलबाट ५० प्रतिशत र निर्णायकबाट ५० प्रतिशत भएको मुल्याङकनबाट उक्त नतिजा प्रकाशित गरिएको आयोजकले जनाएको छ । प्रथमलाई नगद १५ हजार रुपैंया, द्वितियलाई १० हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई २ हजार रुपैंया प्राप्त गरेका हुन् । 

निर्णायक मण्डलमा नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति तथा गितकार दिपनकुमार श्रेष्ठ, पत्रकार अनिश विष्ट र मावि शिक्षक भरत कुलुङ रहेका थिए । 

नेपाल विद्यार्थी संघ संखुवासभा, अनेरास्ववियु संखुवासभा र किवानिस क्लब अफ खाँदबारीको समन्वयमा भएको कार्यक्रमको मुख्य प्रायोजन नमस्कार ईलेक्ट्रोनिक्स पसल खाँदबारीले गरेको थियो । बज्राचार्य सप्लायर्स, कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर, बज्राचार्य ईलेक्ट्रोन्किस्,अस्मी प्रिन्ट र सवाफो ट्रेड एण्ड सप्लायर्सले प्रायोजन गरेको कार्यक्रमको मिडिया पार्टनरको रुपमा नागरिक चासो डटकम, संखुवासभा एक्सप्रेस साप्ताकिह र शिक्षा पेज रहेको थियो । नागरिक चासाले गत बर्षबाट निरन्तर रुपमा सो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार