मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

संखुवासभा :
संखुवासभामा बाढीपहिरोका कारण एकसय २५ भन्दा बढी परिवार विस्थापित, दुईको मृत्यु

Sankhuwasabhapress 613+ समाचार ( )
२ असार २०८१, शनिबार

संखुवासभा । संखुवासभाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ । करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन् । 

पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । 

त्यस्तै चट्याङ लागेर चिचिला गाउँपालिका–२ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ भने मंगलबार राति आएको पहिरोले पुरिएर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाका गंगाराम थारु रहेको प्रहरीले जनाएको छ । पहिरोमा परि मकवानपुरका उमेश कार्की र गोविन्द थारु घाइते भएका छन् । उनीहरु अरुण तेस्रोको चिचिला गाउँपालिका–३ सुन्तले बेसीमा कार्यरत रहेका थिए । 

खाँदबारी नगरपालिका– ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर परेको वडा नं ६ अध्यक्ष अर्जुनकुमार तामाङले जानकारी दिए । खेतबारीमा ठूला ठूला ढुङ्गा थुप्रिएर बगरमा परिणत भएका छन् । डुङ्डुगे आकाशे सिँचाइ र हिँगुवा कुलो सिँचाइमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् ।

त्यसैगरि धुपू बाह्रबीसे जोड्ने माल्टा खोलामाथिको पक्की पुल जोखिममा परेको छ । खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेका छन् ।

त्यसैगरि मकालु गाउँपालिका–५ स्थित गाउँपालिकाको केन्द्र नुम बजारमा रहेको नुम प्रहरी चौकी समेत जोखिममा परेका छन् । उत्तरदक्षिण कोसी सडकको पहिरोले भवनको तल्लो भाग पहिरो तानेपछि समस्या भएको हो ।   

वर्षा धेरै भएकाले नदी किनारा, भिरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय संखवासभाले आग्रह गरेको छ । उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । 

बाढीले कम्तीमा तीन करोड बढीको क्षति पारेको अनुमान गरिएको जनाइएको छ । क्षतिको तथ्याङ्क भने गाउँस्तरमा भइरहेको छ । त्यस्तै चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोसी राजमार्गअन्तर्गत मुढे–नुम र ठूलोढुङ्गा–अरुणथान सडकखण्डमा ठूलो क्षति पुगेको छ । 

प्रतिक्रिया

Dhan Bahadur Rai २ असार २०८१, शनिबार

Chichilaa gaupali 1 dinding dhaday toll ma pohero ko jkhem xa khoeta patraakarr?pugeko

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार