मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

फुटबल :
संखुवासभाका १८ वटा क्लबलाई खेल सामग्री हस्तान्तरण

Sankhuwasabhapress 614+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

संखुवासभा । संखुवासभाको १८ वटा नाम चलेका फुटबल क्लबहरुलाई खेल सामग्रीहरु हस्तान्तरण गरिएको छ । 

कोशी प्रदेश फुटबल समितिका उपाध्यक्ष शिव न्यौपाने संखुवासभाका फुटबल क्लवहरुलाई खेलकुद सामग्री उपलब्ध गराएका हुन् । सोमबार खाँदबारीमा एक कार्यक्रमको आयोजना गरि जिल्ला फुटबल संघमा आवद्ध १८ क्लवलाई फुटबल र टिसर्ट उपलब्ध गराएका हुन् ।

संखुवासभाका ८ वटा ए डिभिजन फुटबल क्लव र १० वटा बि डिभिजन क्लवहरुलाई दुई दुई थान फुटबल र एक एक थान टिसर्ट उपलब्ध गराएको हो। क्लवहरुसँगै खेलकुद सम्बद्ध विभिन्न ब्यक्तिहरु तथा संस्थाहरुलाई समेत टिसर्ट उपलब्ध गराएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी खाँदबारी नगरपालिका मेयर महेश थपलियाको प्रमुख आतिथ्यता तथा एन्फा लिगका केन्द्रीय  कमिटिका उपाध्यक्ष गौरिमान राईको उपस्थितिमा खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । जिल्ला फुटबल संघको संयोजनमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि महेश थपलियाले खेलकुद सामग्री उपलब्ध गराएकोमा आभार ब्यक्त गरेका छन् । यो कार्यले जिल्लाका खेलालीहरुलाई हौसला मिल्ने उनले बताए । फुटबल खेलाडीहरुका लागि जिल्लामा प्रशिक्षकको आवश्यकता रहेकोले सम्बन्धित निकायबाट उपलब्ध हुने प्रशिक्षणमा संखुवासभालाई पनि विशेष महत्व राख्नु पर्ने समेत थपलियाले बताए ।

फुटबल संघ कोशी प्रदेशका उपाध्यक्ष न्यौपानेले गत बर्ष पनि खेलकुद सामग्री उपलब्ध गराएको थियो । खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्ग घर भएका न्यौपाने विगतमा एड्भान्स क्लव मानेभञ्ज्याङमा आवद्ध छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार