मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

तीनपोखरी फुटबल
प्रथम तीनपोखरी फुटबल कप : सितलपाटी सेमिफाइनलमा प्रवेश

Sankhuwasabhapress 613+ समाचार ( )
२८ पौष २०८०, शनिबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका—७ स्थित खाँदबारी रंगशालामा जारी प्रथम तीनपोखरी कप फुटबल प्रतियोगितामा सितलपाटी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको तीन वटा खेलमा सितलपाटी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ भने खाँदबारी र तुम्लिङ्गटार फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

जसमा आयोजक तीनपोखरी क्लब (रातो) लाई १–० हराउर्दै सितलपाटी एफसी सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसैगरि खाँदबारी युथ क्लब र हिले फुटबल क्लब बीच भएको खेलमा ४—० को फराकिलो अन्तरले खाँदबारी युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ भने हिले फुटबल क्लब पहिलो खेलबाट नै बाहिरिएको छ । 

त्यसैगरि एडभान्स क्लब र तुम्लिङ्गटार फुटबल क्लब बीच भएको खेलमा २—० ले तुम्लिङ्गटार क्वाटर फाइनलमा प्रवेश गरेको छ ।  

तीनपोखरी समाज विकास क्लबले माघेसंक्रान्तिको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजयी टिमलाई नगद २ लाख २२ हजार २ सय २२ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उपविजेताले नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार