मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

खाँदबारी :
एनआइएमबी बैंकद्धारा संखुवासभामा बृक्षारोपण, मेयर थपलियाले गरे उदघाटन

Sankhuwasabhapress 614+ समाचार ( )
७ जेठ २०८१, सोमबार

संखुवासभा ।  हरियाली र वातावरण संरक्षण गर्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) द्धारा संखुवासभामा बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । 

आइतबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, एनआइएमबी बैंकका संखुवासभा शाखा प्रबन्धक दिनेश गुरुङ र अभियान्ता बासु गौतमले संयुक्त रुपमा कागतीको विरुवा रोपेर उद्घाटन गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथी खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बैंकले सबैतिर हरियाली बनाऔं र वातावरण संरक्षण गरौं भन्ने जुन अभियान लिएर खाँदबारी नगरपालिकामा विरुवा रोप्ने कार्यक्रम लिएर आएकोमा धेरै–धेरै धन्यवाद दिए । उनले बृक्षारोपण गर्दा देशमा कार्बन उत्पादन गर्न मद्धत गर्नका साथै शान्ति प्रवद्र्धनमा समेत सघाउ पु-याउने बताए । 

कार्यक्रममा एनआइएमबीका बैंकका शाखा प्रबन्धक दिनेश गुरुङले एनआइएमबीले ‘ग्रीन फयूचर सेभिङ अकाउन्ट’ स्किम अन्तर्गत एक खाता एक विरुवा योजना ल्याएको र सोही योजना अनुरुप कोशी प्रदेशका १४ जिल्लाभित्र हालसम्म २ सय ७० जनाले खाता खोलीसकेकाले उनीहरुको नाममा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको बताए । यो योजना अन्तर्गत खाता खोल्दा उनीहरुको नाममा बैंक आफैले एउटा विरुवा रोपिदिने उनले बताए । 

मुलुकलाई हरियाली र वातावरण संरक्षण गर्नुपर्छ भन्ने बैंकको उद्धेश्य रहेको बताउदै बैंक ऋण प्रवाह गर्ने, आर्थिक कारोबार गर्ने मात्रै भन्दा पनि सामाजिक क्षेत्रमा पनि थुप्रै काम गर्दै आएको शाखा प्रबन्धक गुरुङले बताए । उनले बैंकलाई एउटा दुःख सुखको सारथीको रुपमा लिनुपर्ने गुरुङको भनाइ थियो । बैंकमा २ सय ७० वटा खाता भएपनि खाँदबारी नगरपालिकाभित्रका सार्वजनिक स्थलमा ३ सय ५० भन्दा बढि विरुवा रोपिने बैंकको भनाइ छ ।

लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष तथा अभियान्ता बासु गौतम र एनआइएमबी बैंक बीचको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । गौतमले लुम्बिनी वल्र्ड पिस फोरम स्थापना गरि देशभर १० लाख विरुवा रोप्ने र संरक्षण गर्ने अभियानमा जुटेका छन् । उनको विरुवा रोप्ने अभियानमा एनआइएमबी बैंक पनि जोडिएको हो । अमेरिका आइटी पढेर नेपाल फर्किएका गौतम विरुवा रोप्ने र संरक्षण गर्ने अभियानमा सन् २०१९ को बुद्धजयन्तीको दिन काठमाडौको धापाखेलमा ओखरको विरुवा रोपेर शुरु गरेको बताए । उनले विश्वभर जलवायु परिवर्तनको कारण नकारात्मक असर परिरहेको अवस्थामा वातावरण संरक्षण गरि हरियाली बनाउनुपर्छ भनेर लागि परेको बताए ।

विरुवा रोप्नु ठूलो कुरो होइन, विरुवा बचाउन ठूलो कुरो भएको उनको अनुभव छ । उनको अभियानमा बढि जसो फलफुलका विरुवा रोप्ने गरेका छन् । जसले हरियालीका साथै केही आम्दानी पनि दिओस् भनेर फलफुलका विरुवाहरु कागती, सुन्तला, अम्बा, रुद्राक्ष, ओखर लगायत विभिन्न प्रजातिका फलफुलका विरुवाहरु रोप्ने गरेको उनको भनाइ छ । उनको एक्लो अभियानमा अहिले विभिन्न बैंक लगायत वित्तिय संस्थाहरु जोडिएका छन् । 

भिडियो लिंक...

https://www.youtube.com/watch?v=-d0iAVzD2mc

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार