मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

दादुरा रुबेला खोप अभियान :
संखुवासभाका १३ हजार बढि बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइर्दै

Sankhuwasabhapress 614+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

संखुवासभा । संखुवासभाका १३ हजार बढि पाँच बर्षमुनीका बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ ।

आज आइतबार सदरमुकाम खाँदबारीमा स्वास्थ्य कार्यालय संखुवासभाको आयोजनामा दादुरा रुबेला खोप अभियान, जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरुसँगको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । 

संखुवासभाका १३ हजार १४८ जना नौ महिना देखि ५९ महिना अर्थात पाँच बर्षमुनीका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप अभियानकै रुपमा संचालन गर्न लागिएको हो । दादुरा रुबेला विरुद्धको खोप अभियान यहि फागुन २७ गते देखि चैत्र २ गते सम्म ६ दिन जिल्लाका १० वटै स्थानीय तहमा एकैपटक लागु हुने स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए । उनले अभियानमा सबैले हातेमालो गर्न समेत आग्रह गरे । 

कार्यक्रममा दादुरा रुबेलाको बारेमा स्वास्थ्य कार्यालय संखुवासभाका जनस्वास्थ्य अधिकृत पशुपति खनालले प्रस्तुतीकरण गरेका थिए भने संखुवासभा जिल्लाको वर्तमान खोपको अवस्थाका बारेमा प्रवक्ता रोशन श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए ।  

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, कार्यक्रममा खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, जिल्ला समन्वय समितिका उपप्रमुख वविता खत्री अधिकारी, स्वास्थ्य कार्यालय संखुवासभाका कार्यालय प्रमुख नारदमुनी सुवेदी लगायतले मन्तब्य राखेका थिए । 

संखुवासभाका पाँच वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरि १० स्थानीय तहमा एकैपटक अभियान संचालन गरिएको हो । जिल्लाका १ सय ३१ वटा स्वास्थ्य केन्द्रमा खोप अभियान संचालन हुनेछ । त्यहाँ ५ सय ९८ जना दक्ष र तालिम प्राप्त स्वास्थ्यकर्मीहरु पुगेर खोप दिइनेछ । कोही पनि बालबालिका खोपबाट बञ्चित नहुनको लागि स्वास्थ्य कार्यालय अन्तर्गतका कर्मचारी र स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियतामा प्रत्येक बालबालिकाहरुको लगत संकलन गर्ने काम सम्पन्न भईसकेकोे स्वास्थ्य कार्यालय संखुवासभाको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार