मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

आर्चरी :
संखुवासभामा आर्चरी प्रतियोगिता शुरु, ९ टिमको सहभागी

Sankhuwasabhapress 612+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

संखुवासभा । संखुुवासभाको सदरमुकाम खाँदबारीमा तेस्रो जिल्लास्तरीय खुल्ला आर्चरी (तीर/धनुवाण/दची हान्ने) प्रतियोगिता शुरु भएको छ ।

शुक्रबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका कार्यबहाक मेयर तथा खाँदबारी–७ का वडाध्यक्ष देवबहादुर पुवाँर मगरले बत्ती बालेर कार्यक्रमको उद्घाटन गरे । उनले खेलकुदको माध्यमबाट संस्कृति संरक्षण गर्न आर्चरी प्रतियोगिताले सहयोग पु¥याएको बताए । आगामी दिनहरु समेत संस्कृति र खेलकुद सँग-सँगै अगाडी बढाउनुपर्ने मगरको भनाइ थियो ।

‘खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित २१५२ औं ग्याल्पो लोसारको पावन अवसरमा संखुवासभा जिल्ला आर्चरी संघले जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरेको हो । यो प्रतियोगिता ल्होसारको अवसरमा बर्सेनि गर्ने गरेको आर्चरी संघ संखुवासभाका अध्यक्ष पासाङ भोटेले जानकारी दिए । प्रतियोगिता नयाँ जस्तो लागेपनि भोटे जातिको परम्परागत खेल भएको बताउर्दै संस्कृति संरक्षण गर्ने मुख्य उद्धेश्यले प्रतिायोगिताको आयोजान गरिएको अध्यक्ष भोटेले बताए ।

उद्घाटन कार्यक्रममा भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर लामा, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कल्पना मगर, राजनैतिक दलबाट नेकपा एमालेका प्रतिनिधी नारायण कटुवाल, रास्वपाका जिल्ला सभापति भक्तनारायण श्रेष्ठ, जसपा प्रतिनिधी सिताराम तिम्सिना, राप्रपाका प्रतिनिधी हिरादेवी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

विगतका बर्षहरु झै यसबर्ष तेस्रो बर्ष तीन दिने जिल्लास्तरीय प्रतियोगिता सदरमुकाम खाँदबारीमा आयोजना गरिएको आर्चरी संघ संखुवासभाका सचिव मिक्मातेम्बा लामाले बताए । उनको अनुसार, संखुवासभाका ९ टिमले प्रतियोगितामा सहभागीता जनाएका छन् । जसमा बौद्धमार्गी समाज मानेभन्जाङ (बि), बौद्धमार्गी समाज मानेभन्जाङ (ए), भोटखोला आर्चरी संघ छिघुलुङ, नामुछयी, भोटखोला कल्याण समाज खाँदबारी, ज्यवस्यारी ङाप्ताक छिघुलुङ, पिबू, किमाथांका र खाँदबारी भोटिया सेवा समाज रहेका छन् ।

उक्त प्रतियोगिताका विजेताले नगद १ लाख ५ हजार ९ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ५५ हजार ९ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र  र ट्रर्फी प्राप्त गर्नेछन भने तेस्रो हुनेले नगद ३५ हजार ९ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरि चौथोले नगद २० हजार ९ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । ब्यक्तिगत उत्कृष्ट, बढि अंक ल्याउने खेलाडी, अनुशासित, नवप्रतिभा, जेष्ठ खेलाडीहरुले नगद ५ हजार १ सय, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगिता संचालन गर्न कर्माज्यामु भोटे फाउन्डेसनको मुख्य प्रायोजन रहेको आयोजकले जनाएको छ । प्रतियोगिता खाँदबारी-७ मा रहेको खाँदबारी रंगशालामा संचालन भइरहेको छ । शुक्रबार देखि शुरु भएको प्रतियोगिता आइतबार समापन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार