मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

चैनपुर :
चैनपुरमा महिला हाफ म्याराथुन दौड प्रतियोगितामा जीलमु शेर्पा प्रथम

Sankhuwasabhapress 613+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार
  • मोहनकुमार राई 

संखुवासभा (चैनपुर) । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा चैनपुर नगर युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित महिला हाफ म्याराथुन दौड प्रतियोगितामा जीलमु शेर्पाले प्रथम भएकी छिन् । 

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ चैनपुर नगरपालिकाद्वारा प्रजातन्त्र दिवसको अवसरमा आयोजित चैनपुर नगरपालिका स्तरीय दोस्रो उप–मेयर महिला हाफ म्याराथुन दौड प्रतियोगिता चैनपुरको जीरोप्वइन्ट करुवापार्कमा उद्घाटन गरिएको  थियो । 

म्याराथुन प्रतियोगितालाई उद्घाटन गर्दै राष्ट्रिय झण्डाले पोतेको जमिनमा पानसमा दिप प्रज्वलन गर्दै नगर उप–प्रमुख एलिना श्रेष्ठले रिवन काटेर दौड प्रतियोगितको उद्घाटन गरेकी थिइन् । 

प्रतियोगिता जीरोप्वाइन्टबाट बसपार्क, त्रिचोक, माथिल्लो बजार हुदै अस्पताल चौक, डाँगीगाउँ, दलपे हुँदै सिद्धकाली मन्दिर गेटमा पुगेर ६ किलोमिटरको पैदल दुरीको दौड पदयात्रामा ट्रयाक नं. १२ का जीलमु शेर्पा प्रथम हुन सफल भएकी हुन । 

ट्रयाक नं. ६८ सानीमायाँ लिम्बू द्वितीय, ट्रयाक नं. ३७ की पेमाल्हामु शेर्पा तृतीय भएकी थिइन् । देवीमायाँ तामाङले सान्त्वना स्थान हासिल गरेको चैनपुर नगर खेलकुद समितिका अध्यक्ष फूर्वा शेर्पाले जानकारी दिए ।

विजयी खेलाडीहरुलाई नगर उप–प्रमुख  एलिना श्रेष्ठले पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रथम हुनेले नगद १० हजार, द्वितीय नगद ७ हजार, तृतीय नगद ५ हजार र सान्त्वनालाई नगद २ हजार सहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको शारदा मावि पोखरीका शिक्षक एवं एथ्लेटिक्स प्रशिक्षक मोहनकुमार खत्रीले बताए ।

अघिल्लो वर्षबाट शुरु गरिएको उपमेयर हाफ म्याराथुन प्रतियोगिता यसवर्ष पनि निरन्तरता दिइएको चैनपुर नगरपालिकाले जनाएको छ । उक्त प्रतियोगितामा ९३ जना धावक महिला सहभागी भएका थिए । उक्त प्रतियोगितामा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरु, स्वास्थयकर्मी, रेडक्रसकर्मी, सुरक्षाकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार