मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

भलिबल :
सेकाहामा आयोजित भलिबलको उपाधी सिभुवाले जित्यो

Sankhuwasabhapress 612+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ सेकाहा भाङखर्कमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधी पाँचखपन नगरपालिकाको सिभुवाले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा नेपाल प्रहरीलाई सोझो तीनै सेटमा हराउदै पाँचखपन सिभुवाले जित हासिल गरेको हो । पहिलो सेटमा २७–२५, दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–१७ अंक प्राप्त गर्दै सिभुवा विजेता घोषित भए । नेपाल प्रहरीले उपविजेतामै चित्त बुझाए ।

प्रतियोगिताको सेमिफाइलिष्ट सिलीचोङका माङतेवा र सिसुवाखोला टिम भए । एकै पालिकाका दुई टिमले प्रतिस्पर्धा गरेका थिए । गत १४ भदौबाट शुरु भएको प्रतियोगिता बुधबार समापन भएको खेल संयोजक दुशन गुरुङले जानकारी दिए ।

खाँदबारी नगरपालिका—४ सेकाहा भाङखर्क टोल विकास संस्थाले प्रतियोगिताको आयोजना गरेको हो । स्थानीय हरेलो बजारको अवसरमा बर्सेनि भलिबल प्रतियोगिता गर्दै आएको छ । उक्त खुल्ला भलिबल प्रतियोगितामा जिल्लाभरका नाम चलेका १२ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताका विजेताले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । सेमिफाइलिष्ट दुई टिमले नगद ८/८ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेता टिमलाई खाँदबारी नगरपालिका ४ नम्बर वडाका कार्यवहाक वडाध्यक्ष पवित्रा गुरुङ र भाङखर्क टोल विकास संस्थाका अध्यक्ष नन्दबहादुर गुरुङले पुरस्कार वितरण गरे । उक्त कार्यक्रममा स्थानीय भाइबैनीहरुले विभिन्न साँगितिक गितसंगीतका साथै नृत्यहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा खेलप्रेमी र स्थानीयहरुको निकै ठूलो सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार