मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |
मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

भूकम्प दिवस :
खाँदबारीमा २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

Sankhuwasabhapress 614+ समाचार ( )
२ माघ २०८१, बुधवार

संखुवासभा । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीको साथ’ भन्ने नाराका साथ संखुवासभाको खाँदबारीमा २७ औं राष्ट्रिय भुकम्पिय सुरक्षा दिवस मनाएको छ ।

खाँदबारी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा संखुवासभाले संयुक्त रुपमा खाँदबारी नगरपालिकाको सभाहलमा आज बुधबार संंयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै भुकम्पिय सुरक्षा दिवस मनाएको हो ।

खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, तिनवटै सुरक्षा निकायका प्रमुख, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नेपाल समाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवा तथा पत्रकारहरुको उपस्थितिमा विपद जोखिम न्यूनीकरणका सवालमा छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष तथा खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले भूकम्पिय दृष्टिकोणले नेपाल अति जोखिमयुक्त क्षेत्रमा रहेकाले भौतिक संरचना निर्माणका गर्दा मापदण्डलाई बिशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिए । उनले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि दक्ष प्राविधिक र निर्माणकर्मी उत्पादनका लागि बिशेष पहल गर्ने बताए । 

संघीय सरकारले बनाएको नीतिगत समस्याका कारण विपद जोखिम न्यूनीकरणमा स्थानीय सरकारहरुले खुलेर सहयोग गर्ने अवस्था नरहेको नगर प्रमुख थपलियाको भनाइ छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले नेपालको भौगोलिक अवस्थितिले पनि हामी बढि जोखिमयुक्त क्षेत्रमा रहेकाले विपदसँग जुध्न सधै तयारी अवस्थामा रहनुपर्ने धारणा राखेका थिए । सहायक प्रजिअ घिमिरेले जटिल भूगोल र भिरालो जमिन भएकाले भूकम्पको मात्र नभएर सबै किसिमको जोखिम उच्च रहेको भन्दै हामीसँग भएको सबै संयन्त्रहरु परिचालन गर्न सकिने अवस्थामा चुस्त दुरुस्त राख्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले प्राकृतिक प्रकोप कतिबेला कुन रुपमा आइपर्छ भन्ने थाहा नहुने भएकाले त्यसको पूर्वतयारी गरि विपत्तिसँग कसरी जुध्ने प्रतिकार्य क्षमता कसरी बढाउने भन्ने बिषयमा आजैदेखि सामुहिक योजना बनाईनुपर्ने सुझाव दिएका थिए । अध्यक्ष शाक्यले विपत्तिको जोखिम घटाउन जिल्लामा रहेका सबै ुुरक्षा निकाय, सबै संघसंस्थाले सामुहिक रुपमा जोखिमको पहिचान गरि विपद प्रतिकार्यका लागि समेत सँग–सँगै जुट्न आवश्यक भएकोमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट लक्ष्मी कार्कीले भूकम्पको समयमा अपनाउनुपर्ने सुरक्षा विधिका बारेमा समेलुसन गरेर देखाएका थिए । त्यसैगरि खाँदबारी नगरपालिकाका सामाजिक बिकास अधिकृत खेमराज निरौलाले बलियो संरचना निर्माणका लागि पालना गर्नूपर्ने निर्माण मापदण्डका बारेमा प्रस्तुतीकरण गरेका थिए । जिल्ला प्रहरी कार्यालयका तर्फबाट प्रहरी सहायक निरिक्षक टंक बाह्रकोटीले २०७२ सालको महाभूकम्प र यसले पु¥याएको मानविय तथा भौतिक क्षतिको आँकडा प्रस्तुत गरेका थिए । 

संखुवासभाको चैनपुर केन्द्र बिन्दु भएर नेपालमा वि.सं. १९९० साल माघ २ गते दिउँसो २ बजेर ३ मिनेट गएको महाभूकम्पको स्मरण गर्दै हरेक बर्ष माघ २ गते नेपालमा राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईंदै आएको हो । वि.सं. २०५५ सालदेखि नेपालमा राष्ट्रिय भुकम्प सुरक्षा मनाउन थालिएको हो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार