मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

छैंटौं मानेभञ्जाङ्ग फुटबल कप :
छैंटौं मानेभञ्जाङ्ग फुटबल कप शुरु, २० क्लब सहभागी

Sankhuwasabhapress 612+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ्गमा छैंटौं मानेभञ्जाङ्ग फुटबल कप प्रतियोगिता शुरु भएको छ । 

मंगलबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरे । खेलकुदले युवाहरुमा अनुशासन र ऊर्जा थप्ने बताउर्दै विगतदेखि हालसम्म एडभान्स क्लबले निरन्तर रुपमा प्रतियोगिता गरिरहेको भन्र्दै आयोजक क्लबलाई उनले धन्यवाद दिए ।

‘सामाजिक सद्भावका लागि युवा एकता–विकृति, विसंगतिका विरुद्ध खेलकुदद्धारा सहकार्यको प्रतिबद्धता’ भन्ने नारासहित मंगलबार देखि शुरु भएको प्रतियोगिता शनिबार समापन हुनेछ । प्रतियोगितामा जिल्लाभित्रका एडभान्स, खाँदबारी युथ क्लब, लोहोरुङ, सेकाहा क्बल, पांमा क्लब, तुम्लिङटार स्र्पोटिङ क्लब, मानेभञ्जाङ्ग स्र्पोटिङ, हाङचुवा क्लब, चाँदनी युवा क्लब, चिचिला क्लब, कर्माशील क्लब, तीनपोखरी क्लब, भोटिया क्लब, मकालु फ्रेन्डस क्लब, सभापोखरी क्लब, गाउँले फुटबल क्लब, एकता परिवार क्लब, सितलपाटी क्बल, स्वर्निम मत्स्यपोखरी क्लब, र किमाथांका युथ क्लब गरि २० वटा क्लबले सहभागीता जनाएका छन् । 

प्रतियोगिताको पहिलो दिन ३ वटा खेल भए । मानेभञ्जाङ फुटबल क्लब र पांमा समाज सेवा बीच भएको खेलमा ३–१ अंकले मानेभञ्जाङ विजयी बने । त्यसैगरि मकालु फ्रेन्डस क्लब र कर्माशील फुटबल क्लब बीच भएको खेलमा ३ शुन्यले मकालु फ्रेन्डस क्लब विजयी बने । त्यसैगरि हाङचुवा क्लब र चाँदनी युथ क्लब बीच भएको खेलमा १ गोल गर्दै हाङचुवा क्लब विजयी बने ।

विगत देखि नै दशैं र तिहारको बीचमा प्रतियोगिता संचालन गर्दै आएको र त्यसैको निरन्तरता दिएको आयोजक एडभान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए । 

प्रतियोगिताका विजेताले १ लाख, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरि सेमिफाइनलिष्ट दुई टिमले २०/२० हजार रुपैया प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी ३ हजार, सर्वाधिक ३ हजार र उत्कृष्ट गोलरक्षकले ३ हजार रुपैया प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार