मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

संखुवासभा समाज हङकङको अध्यक्षमा लिलाबहादुर र सचिवमा मणीशेखर गुरुङ निर्वाचित

Sankhuwasabhapress 613+ समाचार ( )
२९ श्रावण २०८०, सोमबार

संखुवासभा समाज हङकङको अध्यक्षमा लिला बहादुर गुरुङ चयन भएकाछन् । समाजको १० औ अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङलाई सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा प्रकाश (जेबी) गुरुङ र श्याम गुरुङ, सचिवमा मणिशेखर गुरुङ, उपसचिवमा लविन गुरुङ, कोषाध्यक्षमा लोकराज याख्या, सहकोषाध्यक्षमा भविना गुरुङलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा गंगा सुब्बा, कुमारी याख्या, लोकेन्द्र लिम्बु, पदम राई, देवेन्द्र कोरङ्गी र पंचु गुरुङलाई चयन गरेको छ ।

समाजका पूर्वअध्यक्ष दाजु गुरुङको संयोजकत्वमा रहेको निर्वाचन कमिटिले सर्वसम्मत कार्यसमितिको औपचारिक घोषणा गरेको हो ।

नवनिर्वाचित अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा समाजलाई अझ विस्तारित बनाउदै समाजका गतिविधीहरु डिजिटलाईसेन गर्ने प्रतिबद्धता जनाए । समाजको आफ्नै कार्यालय बनाउने तथा युवा र महिलाहरुका लागि विशेष कार्यक्रम संचालन गर्ने बताउदै जिल्लाका लागि विभिन्न सामाजिक कामहरु गर्ने प्रतिवद्धता जनाए ।

यस्तै नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष टिबी याख्याले झण्डै साढे ५ वर्ष समाजको नेतृत्व गर्ने अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिलाई समाजको मर्म र उद्देश्य अनुसार काम गर्न सुझाव दिए ।

हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि गुरुङ, काठमाडौ–संखुवासभा जर्नालिष्ट एशोसिएसन (एसकाज) का उपाध्यक्ष उद्धव भट्टराई र संखुवासभा समाज हङकङका पुर्वअध्यक्षहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

हङकङमा रहेका नेपाली संस्थाहरुमध्ये पुरानो संस्थाकोरुपमा रहेको संखुवासभा समाज हङकङले अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन गर्दै आएको र समाजमा उल्लेख्य काम गर्दै आएकाले यो समाज हङकङको नेपाली समुदायमा निकै चर्चामा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार