मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता :
सेकाहा क्लब तीनपोखरी फुटबल कपको फाइनलमा प्रवेश

Sankhuwasabhapress 612+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा सेकाहा क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज (मंगलबार) भएको सेमिफाइनलको दोस्रो खेलमा सितलपाटी क्लबलाई हराउर्दै सेकाहा क्लब फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले बराबर खेलेका थिए । त्यसपछि ट्राईबेक्ररको शुरुमा ५/५ जनाले हानेका थिए त्यसमा बराबर भएपछि पुनः २/२ जना थप गरि ट्राईबेक्ररमा भिडेका थिए । सेकाहा क्लबका मनी मगर र कृष्ण राईले गोल गरेनन् भने सितलपाटी क्लबका निरज परियार, निवन धिमाल र महेन्द्र लिम्बूले गोल गर्न सकेनन् ।

प्रतियोगिताको म्यान अफ त म्याच सेकाहा क्लबका गोलकिपर प्रविन लिम्बू छानिए । उनले तीन हजार १ सय रुपैया सहित पुरस्कृत भए । 

सेमिफाइनलको पहिलो खेल मकालु फ्रेन्डस क्लब र चुलाचुली स्पोटिङ क्लब दमक झापा बीच हिजो (सोमबार) भएको थियो । मकालु फ्रेन्डस क्लबले २–० को अन्तरमा चुलाचुली स्पोटिङ क्लब दमक झापालाई हराउर्दै फाइनलमा प्रवेश गरिसकेको छ । गतबर्षका विजेता रहेका चुलाचुली स्पोटिङ क्लब दमक झापाको यात्रा सेमिफाइनलमा नै टुङगिएको छ ।

माघ १ गते विहिबार तिनपोखरी फुटबल कपको उपाधी उचाल्न सेकाहा क्लब र मकालु फ्रेन्डस क्लब बीच प्रतिस्पर्धा हुनेछ । भोली (बुधबार) प्रतियोगितामा कुनै पनि खेल छैनन् । प्रतियोगिताको फाइनल खेल हेर्न प्रतिब्यक्ति दुई सय रुपैया टिकट रहेको आयोजकले जनाएको छ ।

‘खेलकुद संस्कृति र पर्यटन, समृद्ध समाज हाम्रो अभियान’ भन्ने नारासहित माघे संक्रान्तिको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न रमाइलो मेला र साँगितिक कार्यक्रम रहेको छ । 

प्रतियोगिताको विजेताले नगद २ लाख ५१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १ लाख २१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विभिन्न विद्यागत उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार