मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

खाँदबारी नगरपालिका :
खाँदबारी–४ सेकाहामा १ सय ४३ वटा सिढी निर्माण

Sankhuwasabhapress 613+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका—४ सेकाहा स्थित माझगाउँ देखि भाङखर्क जाने ढाडो बाटोमा सिढी निर्माण गरिएको छ ।

खाँदबारी नगरपालिकाको २ लाख रुपैया बजेट बिनियोजनमा सिढी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर गुरुङले बताए । उनले माझगाउँ देखि भाङखर्क जाने ढाडो बाटोमा सिढी बनाइएको हो । उकालो बाटो त्यसमा माथि साँघुरो र अप्ठयरो बाटो हुदाँ आवातजावात गर्न समस्या भएपछि स्थानीयहरुले सिढी निर्माण गर्नुपर्ने माग गर्दै आएका थिए । खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया लगायतको टोली यसअघि नै सो बाटोको स्थलगत अवलोकन गरि अहिले बजेट बिनियोजन गरि निर्माण सम्पन्न भएको हो ।

मेयर थपलियाले बाटो अप्यठरो भएकाले बजेट बिनियोजन गरिएको बताए । उनले स्थानीयलाई सेवा पुग्ने गरि विकास र समृद्धिको लागि नगरले काम गरिरहेको बताए ।

उक्त बाटोमा सिढी निर्माणका लागत स्टामिट अनुसार १ सय ५ वटा मात्रै सिढी बनाउनुपर्ने भएपनि उपभोक्ताहरुले १ सय ४३ वटा सिढी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष गुरुङले बताए । उनले बाटो साँघुरो हुदाँ आवातजावात गर्न समस्या थियो, सिढी निर्माण भएपछि सहज भएको बताए । 

उक्त सिढी निर्माण योजनाको एक कार्यक्रम बीच खाँदबारी ४ नम्बरका वडाध्यक्ष विनोदसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई समेत गरिएको छ । योजनाको सम्पूर्ण खर्चहरु समेत स्थानीयहरु सबैलाई सार्वजनिक गरिएको थियो ।

उक्त बाटोमा सिढी निर्माण गर्नका लागि अघिल्लो आर्थिक बर्षमा खाँदबारी–४ नम्बर वडा कार्यालयबाट ३ लाख रुपैया बजेट बिनियोजन भएको थियो । सो बजेटले आधा भागको बाटोमा अघिल्लो बर्ष नै सिढी निर्माण भईसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार