मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

राष्ट्रिय भलिबल :
मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल १५ फागुनदेखि खाँदबारीमा

Sankhuwasabhapress 613+ समाचार ( )
५ पौष २०८०, बिहीबार

संखुवासभा । पूर्वीपहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आगामी फागुन १५ देखि १९ सम्म प्रतियोगिता खाँदबारीमा सञ्चालन हुने मंगलबार खाँदबारीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।

भलिबल संघ संखुवासभाले संयोजन गर्ने प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति संखुवासभा र कोशी प्रदेश भलिबल संघको सहकार्य रहेको छ।

संखुवासभामा ऐतिहासिक रूपमा हुन लागेको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारीमा जुटेको संखुवासभा भलिबल संघका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा विभागीय तीनवटा टिमहरू आर्मी, सशस्त्र र प्रहरीसहित सात प्रदेशका टिम गरी १० टिमको सहभागिता रहनेछ। 

प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संघका अध्यक्ष घिमिरेले बताए। त्यसमा कोशी प्रदेशबाट २० लाख बजेट विनियोजन भएको र बाँकी २० लाख रुपैयाँ संकलन गर्न जुटेको उनको भनाइ छ। जिल्लाका १० वटै स्थानीय तहबाट १-१ लाख रुपैयाँ र अन्य सहयोगीदातहरूबाट संकलन गरिने संघको अपेक्षा छ।

प्रतियोगितको विजेताले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार रुपैयाँ, तृतीयले ५० हजार रुपैयाँ र चौथो हुने टिमले ३० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट ५ विधामा जनही नगद ५० हजार तथा सर्वोत्कृष्ट  पुरस्कार नगद २५ हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार