मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

संखुवासभाको चैनपुर नगरपालिका–१
नुनढाकीमा बाला चर्तुदशीको अवसरमा खेलकुद तथा बृहत साँगितिक कार्यक्रम हुने

Sankhuwasabhapress 613+ समाचार ( )
१८ मंगशिर २०८०, सोमबार

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र नुनढाकीमा बाला चर्तुदशीको अवसरमा खेलकुद तथा बृहत साँगितिक कार्यक्रम हुने भएको छ ।

आज सोमबार खाँदबारीमा पत्रकार सम्मेलन मार्फत कार्यक्रम बारेमा आयोजक मिल्के जनउत्थान मञ्चका अध्यक्ष सुदिप लिम्बूले जानकारी दिएको हो । 

‘कला संस्कृतिको संरक्षण तथा पर्यटन पूर्वाधारको पहिचान, नुनढाकीको विकास समृद्धिका आधार’ भन्ने नारासहित यहि मंसिर २६ देखि २९ गते सम्म प्रतियोगिता संचालन हुने जनाइएको छ । 

नुनढाकीको विकास र समृद्धिका लागि ब्यापक रुपमा प्रचारप्रसार गरी पर्यटकीय हवको रुपमा विकास गर्ने उद्धेश्यका साथ खुल्ला फुटबल, पालिका वडास्तरीय खुल्ला भलिवल र पब्जी प्रतियोगिताका साथै २८ गते विहीबार बृहत साँगितिक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए । 

कार्यक्रममा बृहत साँगितिक कार्यक्रम समेत रहेको छ । सो कार्यक्रममा राष्ट्रिय कलाकार मिलन नेवार, जेनिश राईका साथै स्थानीय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाएको छ ।

फुटबल तर्फ विजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ८१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । भलिबल तर्फको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार रुपैयाँ द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार